नेपाल–चीन परामर्श बैठक, विगतका सम्झौता कार्यान्वयन गर्ने सहमति

काठमाडौं – नेपाल र चीनबीच विगतमा भएका सम्झांैता कार्यान्वयनमा लैजान ढिलाई नगर्ने सहमति भएको छ ।

काठमाडौंमा मंगलबार बसेको नेपाल–चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।

नेपाल–चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो । बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका थिए । चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यता, नेपाली पक्षले नेपालको भूमिका चीन विरोधि गतिविधि नहुन नदिने प्रतिवद्धता पनि दोहो¥याएको थियो ।