गल्कोट समाज यूकेले भब्य रुपले मनायो आठौ बार्षिक भेला

शिब भण्डारी

लन्डन । बागलुङको गल्कोट घर भई बेलायतमा रहेका गल्कोटेहरुको साझा संस्था गल्कोट समाज युकेको आठोँ बार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ ।

जुलाई २९ तारिख सोमबार बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा विविध सांस्कृति तथा मनोरञ्जनात्मक सहित भव्य कार्यक्रमका बीच भेला सम्पन्न भएको हो ।

समाजका अध्यक्ष चन्द्र सहनीको अध्यक्षता रहेको कार्यक्रममा समाजका उपाध्यक्ष गोबिन्द राम कंडेलले स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रमलाई प्रमुख अतिथि संस्थाका सस्थापक अध्यक्ष रेशम बुढाथोकीले सम्बोधन गरेका थिए । बुढाथोकीले गल्कोट समाजको स्थापना र समाजले गरेका कार्यहरुको विषयमा बताए।

समाजका अध्यक्ष एबम कार्यक्रमका अध्यक्ष चन्द्र साहनीले गल्कोट समाज युकेले गरेका विभिन्न गतिबिधिहरुको बारेमा जानकारी गराउँदै कार्यक्रममा सफल पार्न सहयोग गर्ने सम्पूणर्लाई आभार व्यक्त गरे ।

कार्यक्रममा बिशेष.अतिथि गल्कोट बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष बिर जंग भण्डारीले गल्कोट र बेलायत बिचको सम्बन्ध गहन रुपमा बिस्तार गर्ने बताए

कार्यक्रममा एनआरएन नेता दयानिधि सापकोटाले गल्कोट समाजले गरेको उदाहरणीय कार्यहरुको प्रशंसा गरे ।

यस्तै डा. पुष्पा उप्रेतीले शुभकामना सन्देश दिँदै गल्कोट भवन निर्माण सम्पन्न बारे जानकारी गराएका थिए।कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष प्रविन खरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गल्कोट समाज युकेका महा सचिब कृष्ण खरेलले संचालन गरेको कार्यक्रममा स्थानीय गल्कोट बासीले स्वादिष्ट भोजन संगै भरपूर्ण मनोरन्जन लिएको समाजका सचिव राजु बोहोराले जनाए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु श्रीकृष्ण बम मल्ल र सम्झना लामिछाने मगर तथा दिलु सलामीको विशेष प्रस्तुतिसहित स्थनीय कलाकारहरुले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए भने डिजे हेम विष्टले सहभागीहरुलाई नचाएका थिए ।

गल्कोट समाज यूके मिडल्याण्डको एउटा क्रियाशील नेपाली सामाजिक संस्था मानिन्छ । समाजले गत अप्रिलमा मात्र आफ्नो संस्थागत भवन खरिद गरेको हो ।

कार्यक्रममा मिडल्याण्डका लेष्टर पिटरबरो, नटिङहम, बर्मिङहम, वुल्भरह्याप्टन, गान्थम, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।