देउवासहित कांग्रेसका शर्षि नेता आजबाट चुनावी दौडाहामा, कहिले कहाँ जादैछन देउवा ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरु आजबाट २ नम्बर प्रदेशको चुनावी प्रचारमा निस्कने भएका छन् । देउवासँगै नेताहरु रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नं २ का आठ वटै जिल्लाका चुनावी सभाहरुलाई संयुक्त रुपमा सम्बोधन गर्नुे कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं प्रदेशको निर्वाचन प्रचारमा निस्केर भाद्र ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि हिजै बीपी राजमार्ग हुँदै लहान पुगीसकेका छन् ।
सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालाले मंगलबार दिउँसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्नेछन् । सप्तरीको संबोधन र पार्टी कार्यकर्तासंगको भेटघाटपछि नेताहरु सिरहा जानेछन् ।

मंगलबारै सिरहाको जिरोमाइलमा हुने चुनावी सभालाई पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ । सिराहाको कार्यक्रमपछि शीर्ष नेताहरु जनकपुर आएर बस्नेछन् । शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कांग्रेसका सभापति, वरिष्ठ नेता र महामन्त्री सहित केन्द्रीय नेताहरुले भोली २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ । त्यस्तै महोत्तरीको बर्दिवासमा हुने सभालाई पनि नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भदौ २९ गते बिहिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सर्लाही र रौतहटका चुनावीकार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भदौ २९ मा सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्नुे र अपरान्ह ४ बजे रौतहटको गौरमा हुने आमसभालाई संबोधनगर्नेछन् । त्यसपछि नेपाली कांग्रेसको शीर्ष नेतृत्व वीरगञ्ज जानेछ ।

भदौ ३० गते सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले बारा र पर्साका कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम छ । त्यसैदिन शीर्ष नेताहरुले बाराको कलैयामा आहुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ । कलैयाको संबोधन पछि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सोही दिन पर्साको बीरगञ्जमा आयोजना हुने चुनावी सभामा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।