बेलायतबाट नेपालमा सिधै घरजग्गा यसरी किन्न बेच्न सकिने (भिडियो सहित)

काठमाडौं । नेपालमै अन्तर्राष्ट्रिय स्तरको रियल स्टेट कम्पनीको शुभारम्भ भएको छ । शनिबार एक भब्य समारोहबीच काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको समृद्धि रियल स्टेटको शुभारम्भ भएको हो ।

लैनचौरस्थित कम्पनीको पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले रिबन काटेर उद्घाटन गरे ।

सरल ढंगमा अन्तर्राष्ट्रिय स्तरको घरजग्गा कारोबार गर्ने उद्देश्यले स्थापित समृद्धिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री तामाङले मुलुक समृद्धिका लागि भौतिक संरचनाको विकास अपरिहार्य भएको तर्क गर्दै समृद्धि रियल स्टेटलाई सफलताको शुभकामना दिए ।

‘गुणस्तरीय भौतिक पूर्वाधार बिना मुलुकको समृद्धि सम्भव छैन ।’ उनले भने, ‘त्यसका लागि समृद्धि रियल स्टेटले सुरु गरेको समृद्ध–यात्रा सकारात्मक छ ।’ घरजग्गा कारोबारलाई व्यवस्थित र संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनु पर्नेमा मन्त्री तामाङले जोड दिए ।

मूलतः बेलायतमा रहेर रियल स्टेटको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ज्ञानसँगै अनुभव हासिल गरेकाहरुले समृद्धि रियल स्टेटको स्थापना गरेका हुन् । कम्पनीका लगानीकर्ता एवम् प्रमुख कार्यकारी अधिकृत समसूर्य तामाङले नेपालमा गुणस्तरीय निर्माणसँगै घरजग्गा कारोबारलाई व्यवस्थित गर्न समृद्धिको स्थापना गरेको बताए । ‘नेपालमा घरजग्गाको कारोबार धेरै भए पनि व्यवस्थित र संस्थागत हुन सकेको छैन । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरबाट घरजग्गा कारोबार गर्न र पूर्वाधार निर्माण गर्न समृद्धि रियल स्टेट सफल हुनेमा विश्वस्थ छौं ।

त्यस्तै, कम्पनीका सहायक कार्यकारी अधिकृत एवम् बजार निर्देशक ललित न्यौपानेले गैरआवासीय नेपालीको लगानी स्वदेशमा भित्रयाउँन पनि समृद्धि रियल स्टेट सार्थक हुने बताए । ‘कतिपय नीतिगत अन्योलका कारण गैरआवासीय नेपालीले ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । अब ती अन्योलहरु पनि क्रमश समाधान हुँदैछ ।’ उनले भने ।

घरजग्गाको सही मूल्यांकन, व्यवसायिक फोटोग्राफी, मार्केटिङ, व्यावसायिक मोलतोल, परामर्श र सरल प्रक्रियाबाट कारोबार गर्ने भएकाले कम्पनीप्रति व्यवासायीको आकर्ष बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै, सस्तो सेवाशुल्क, दक्ष र अनुभवी रियल्टर, प्रशस्त छनोट सुविधा, हाउजिङ लोनको व्यवस्थाका कारण पनि समृद्धिको कारोबार उल्लेख्य हुने विश्वास कम्पनीसम्बद्धहरुको छ ।

कार्यक्रममा एनआरएन यूकेसँगै रियल स्टेट कारोबारसँग सम्बन्धित विभिन्न लब्ध प्रतिष्ठितहरुको उपस्थिति थियो । हाँस्य कलाकार जितु नेपाल र गायिका पार्वती राईको उपस्थितिले उद्घाटन समारोह आकर्षक बनेको थियो ।

हेर्नुहोस् लण्डन नेपाल न्यूज डट कमले तयार पारेको स्थल्गत भिडियो :

https://www.facebook.com/londonnepalnews/videos/2082610281809081/

https://www.facebook.com/londonnepalnews/videos/241684079867729/