एनआएन नाइजेरियाको केरला बाढी पीडितलाई सहयोग

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले छिमेकी रास्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार ( नेपाली पचहत्तर हजार ) सहयोग उपलब्ध गराएको छ । आज लेगोसमा एक बिशेष कार्यक्रमबीच सो रकम हस्तान्तरण गरियो ।

संघका नाइजेरिया अध्यक्ष जनक बिष्टले एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा सो सहयोग केरला समाज नाइजेरियाका अध्यक्ष जसलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा एनआरएनए नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर , अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापा , सदस्यहरु आशा श्रेष्ठ सरकार र कृति अग्रवालको समेत उपस्थिति थियो ।