लन्डन । गैरआवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन हङकङमा हुने भएको छ । जापानमा आयोजित नेपाल फेस्टिवलको अवसरमा एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाले सम्मेलन हङकङमा गर्ने घोषणा गरेका हुन ।
जापानमा हिजोदेखि दुई दिने नेपाल फेस्टिवल चलिरहेको छ । फेस्टिवलको अवसर पारेर संयोजक थापाले सम्मेलन आगामी डिसेम्बरमा गर्ने औपचारिक घोषणा गरे । घोषणा गर्दै थापाले त्यसको जिम्मेवारी एनआरएन हङकङलाई दिइएको जानकारी गराए ।
सो कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्ट, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ, एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएन बेल्जियम अध्यक्ष लोक दाहाल र एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामालगायतको सहभागितामा सम्मेलनको औपचारिक घोषणा गरिएको हो।
हङकङमा एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन






