लन्डन । बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित भएको छ । लन्डनबाट नेपालीहरूले सञ्चालन गरेको अंग्रेजी अनलाइन ‘साउथ एशिया टाइम ले चर्चित चार नेपालीको सूचि तयार पारेको हो । जनवरी १ मा अनलाइनको वार्षिकोत्सव पारेर उक्त सूचि सार्वजनिक गरिएको थियो ।
सामाजिक संजालमा प्रकाशित विवरणका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरिएको हो । यसलाई साउथ एशिया टाइमको सम्मान बुझिदिन सम्पादक जगन कार्कीले अनुरोध गरे । संकलित नामहरूबाट निर्धारित मूल्यांकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ ।
बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले बताए ।
सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरिएको छ ।
त्यसैगरी जनवरी अन्तिम साता साउथ एशिया टाइमको आयोजनामा ‘प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र मानव अधिकार’ विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।
आफ्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजीमा हुनुपर्ने छ । आगामी अप्रिल महिनासम्म आएका लेख, रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढी लाइक, शेयर र भ्यूज भएका ३ सामग्रीलाई पुरस्कृत गरिने सम्पादक कार्कीले जानकारी दिए ।
छानिएका चर्चित व्यक्तित्वको विस्तृत विवरण हेर्न यो लिंकमा जानुस् ।






