तक्दीर अधिकारी
सिड्नी । साउथवेस्ट नेप्लिज कम्युनिटीले अग्निपीडितलाई दोस्रो पटक सहयोग उपलब्ध गराएको छ । यसपटक कम्युनिटीले बारगो क्षेत्रका १ सय ६० जना अग्निपीडितलाई सहयोग उपलब्ध गराएको हो । कम्युनिटीले यसभन्दा अघि साउथन हाइल्यान्ड क्षेत्रका १ सय ८० जना अग्निनियन्त्रक र अग्निीपीडितलाई खाना उपलब्ध गराएको थियो ।
कम्युनिटीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले आवश्यक परे थप सहयोग गर्न साउथ वेस्ट नेप्लिज कम्युनिटी तयार रहेको सांसद तथा संघीय ऊर्जामन्त्री एंगस टेलर, सांसद लुइ अमातोलाई भनेका थिए । सोही भनाइका आधारमा साउथ वेस्ट नेप्लिज कम्युनिटी पर्ख र हेर को अबस्थामा थियो , यती बेला बार्गो टाल्क फोर्सको प्रमुख मिशेल मोरिस ले त्यस क्षेत्रमा खाना को सहयोग चहिएको जनाए पछी बारगो क्षेत्रमा पनि मानवीय सहयोगको गरियो ।

सांसद तथा संंघीय ऊर्जामन्त्री टेलर र सांसद अमातोको साथमा साउथवेस्ट नेप्लिज कम्युनिटीले बालमोरल क्षेत्रको भ्रमण गरेको थियो । उक्त क्षेत्रको वस्तुस्तिथि दर्दनाक रहेको कम्युनिटीका प्रवक्ता सूर्य खनालले जानकारी दिए । उनले भने, ‘त्यहाँको अवस्था बैराग लाग्दो थियो, चराहरु गुँडैमा जलेका थिए, चौपाय बाँधेकै ठाउँमा जलेको देखियो । मानिसहरुलाई सुरक्षित स्थानमा सारिए पनि प्राकृतिक विनास दर्दनाक देखिन्थ्यो ।’
कम्युनिटीले यसपटक १ सय ६० बट्टा खाना उपलब्ध गराएको थियो । उक्त खाना बारगो कम्युनिटी सेन्टरलाई हस्तान्तरण गरिएको अध्यक्ष डा. सापकोटाले जानकारी दिए । डा. सापकोटाले भने मिर्ची रेस्टुरेन्ट ले चिकेन र चामल उपलब्ध गरायो,अनी अरु समान मेरो घर बाट नै प्रयोग गरी घर बहिर खाना पकाएर बारगो कम्युनिटी सेन्टरमा रहेका अग्नि नियन्त्रक तथा पीडितका लागि खाना उपलब्ध गराइएको थियो । खाना पकाएर हस्तान्तरण कार्यमा थारु समाज अष्ट्रेलियाकाअध्यक्ष दीपनारयन चौधरी, प्रज्वल भट्टराई , कन्चन पोखेरेल, भुपाल सितौल ,र कम्युनिटीका प्रवक्ता सुर्य खनाल को सहयोग थियो ।
मिर्ची रेस्टुरेन्टका सञ्चालक दीपराज सापकोटाका अनुसार नेप्लिज कम्युनिटीले उपलब्ध गराएको सहयोगमा आफूले साथ दिएको बताए ।
तस्बिरमा हेर्नुस् आगोले जलेका पन्छीहरु









