को हुन् ति मोडल ? जो, बलिको नाममा मारिनबाट जोगिइन् ?

काठमाडौं । मोडलिङमा सक्रिए एक नेपाली युवति सम्भावित मृत्युवाट जोगिएकी छिन् । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले गम्भीर अपराध हुनबाट जोगिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार भारतको बिहारमा मन्दिरका रहेका एक बाबाले ६ फिट उचाइकी युवतीलाई बलि दिनुपर्ने भन्दै केही नेपाली परिचालित गरेका थिए ।
बाबाको निर्देशन अनुसार अभिनय गराउने भ्रममा नेपाली मोडललाई बिहार लैजाने योजना बनाएको अभियोमा प्रहरीले मुख्य योजनाकार दिलिप पोद्दारसहित ७ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४० वर्षीय उमेश शाह, दाङ घोराहीका २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तकोशी ११, सप्तरीका ३५ वर्षीय उमेश माझी, धादिङ झार्लाङका २३ वर्षीय प्रेमा तामाङ र गढी गाउँपालिका सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् । तर, युवतिको वारेमा भने प्रहरीले कुनै कुरा सार्वजनिक गरेको छैन ।

यसरि खोजी भयो युवतिको

युवति ल्याउनेलाई मोटो रकम दिने आश्वासन दिएपछि दिलिप सहितका केही ब्यक्तिले मोडलिङमा संलग्न छ फिट अग्ली र माछा, मासु, रक्सि नखाने युवतिको खोजी सुरु गरे । बाबाले अर्को पनि सर्त राखेका थिए ‘रजस्वला भएको हुनुहुन्न ।’

उनीहरुले युवतिलाई सुरुमा नेपाल भारत सीमा क्षेत्रमा डकुमेन्ट्री सुटिङ गर्ने भन्दै कामका लागि प्रस्ताव राखेका थिए । जब युवतिलाई माछा, मासु र रजस्वलाको विषयमा प्रश्न गरे । युवतिको मनमा शंका उब्जियो र महानगरीय प्रहरी परिसर टेकुमा जानकारी दिईन् ।

उजुरीपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । त्यसलगत्तै युवतीलाई विराटनगर सीमाबाट जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *