पेट्रोलियम पदार्थको मूल्य लिटरमा एक रुपैयाँले घट्यो ।

नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रूपैयाँले घटाएको हो । अब एक लिटर पेट्रोलको मूल्य १ सय ९ रुपैयाँमा झरेको छ । त्यसैगरी, प्रतिलिटर डिजेल र मटि्टतेल ८६ रुपैयाँ ५० पैसा कायम भएको  छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेपछि भारतीय आयल निगमले घटेको रेट अनुसार आयल निगमले मूल्य समायोजन गरेर नयाँ मूल्य सार्वजनिक गरेको हो ।

noc-ho_20140202053206 निगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । त्यसयता लगातार प्रतिलिटर पेट्रोलको मूल्य २५ रुपैयाँ ५० पैसा र डिजेलको तथा मट्टितेलको  मूल्य १९ रुपैयाँले घटेको थियो । तर, गत फागुन २२ गते भने पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पहिलोपटक प्रतिलिटर एक रुपैयाँले बढेको थियो ।