अर्थमन्त्री महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार

cy{dGqL 8f /fdz/0f dxtn] cfly{s jif{ @)&@÷)&# sf] /fh:j cfosf] cg'dfg -ah]6_ Joj:yflksf–;+;bdf k|:t't ug'{ cuf8L lj|km{s]z vf]Nb} . tl:a/ M k|bLk/fh jGt,/f;;

नुवाकोट, ४ साउन । संविधानबारे सुझाव सङ्कलन गर्न नुवाकोट आउँदै गर्नुभएको अर्थमन्त्री डा रामशरण महतलाई लक्ष्यित गरी सूर्यमती गाविसमा आज पेट्रोल बम प्रहार भएको छ । उहाँसहित टोलीका सबै सदस्य सकुशल छन् ।
सूर्यमतीको पट्टवारी नजिकै सडक माथिबाट अज्ञात व्यक्तिले तीनवटा सिसी प्रहार गरेकामा अर्थमन्त्री डा महतको गाडी अगाडि बढिसकेकाले क्षति नभएको बताइएको छ । बिहान १० बजेतिर घटना भएको हो ।
घटनास्थल पुगेका प्रहरीले भने पेट्रोल बम प्रहार भए- नभएको विषयमा यकिन हुन नसकेको बताएको छ । घटनास्थल पुग्नुभएका नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले घटनास्थलमा एउटा फुटेको सिसी र अरु दुईवटा सद्दे सिसी फेला परेको र सिसीभित्र पानीजस्तो पदार्थ बाहिरबाट बेरिएको अवस्थामा भेटिएको बताउनुभएको छ ।
घटनास्थलभन्दा माथि एक मानसिक सन्तुलन गुमाएका व्यक्ति बस्ने भएकाले उनैले उपद्रो गरेको पनि हुन सक्ने अनुमान नुवाकोट प्रहरीले गरेको छ । घटनाको अनुसन्धान र छानबिन भइरहेकाले आक्रमण प्रयास भए-नभएको विषयमा यकिन गर्न नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभएको छ ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले भने डा महतलाई लक्ष्यित गरी पेट्रोल बम प्रहार भएको बताउनुभएको छ । अर्थमन्त्रीका सहयोगी एवम् नुवाकोट काँग्रेसका सचिव रमेश महतले मानिसको भीडबाट पेट्रोल बम प्रहार भएको र बम अर्थमन्त्री र आफ्नो गाडीको बीचमा परेकाले क्षति नभएको जानकारी दिनुभयो । अर्थमन्त्री महत नुवाकोट क्षेत्र नं २ को खरानीटारमा सुझाव सङ्कलनार्थ आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने क्रममा बाटोमा आक्रमणको प्रयास भएको हो ।