सिड्नीमा ‘भिजिट नेपाल २०२० लाई व्यापक बनाउन गरियो अन्तरक्रिया:

तक्दीर अधिकारी

सिड्नी।न्यू साउथ वेल्स राज्यपरिषद् (एनएसडब्लु)ले  भिजिट नेपाल २०२० लाई कसरी सफल पार्न सकिन्छ भनेर नेपाली महावाणिज्यदूत र नेपाली दूतावाससँग शनिबार सिड्नीमा एक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।२० लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्यका साथ नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ ।

सिड्नीको बरुडमा आयोजना गरिएको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, दूतावासका उपनियोग प्रमुख दुरपदा सापकोटा, महावाणिज्यदूत दिपक खड्का, गैरआवासीय नेपाली संघ ओसियाना संयोजक होम पाण्डे, उपाध्यक्ष तथा एनएसडब्लु राज्यपरिषद् संयोजक देव गुरुङ, अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मी, कोषाध्यक्ष, अनिल पोखरेल, युवा संयोजक इर्साद अहमद, एनएसडब्लु सचिव दिपक पहारी, नारी कुञ्जकी अञ्जना बस्नेत कार्की लगायतको उपस्थिति थियो ।

नेपाल सरकारले आह्वान गरेको भिजिट नेपाल २०२० लाई कसरी सफल पार्न सकिन्छ भन्नेबारेमा नेपाली समुदायले राखेको जिज्ञासालाई राजदूतावासले सम्बोधन गरेको थियो । जनवरी ७ का दिन औपचारिक सुरुवात हुने भिजिट नेपाल २०२० लाई कसरी व्यापक र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा नेपाली समुदायसँग राजदूतावासले छलफल गरेको थियो ।

कार्यक्रममा भिजिट नेपाल २०२०लाई अस्ट्रेलियन नागरिकसम्म  पुग्ने योजनाबारे अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले नेपाल सरकारको योजना बारे प्रस्ट पारेका थिए। यसै गरि दूतावासका उपनियोग प्रमुख दुरपदा सापकोटाले भिजिट नेपाल २०२० सफल बनाउन प्रचारप्रसारलाई व्यापक बनाउने तयारी गरिएको बताइन।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए एनएसडब्लुका सचिव दिपक पहारीले नेपाल भ्रमणमा जाने पर्यटकलाई विशेष प्याकेजको सुविधा दिन पाए राम्रो हुने सुुझाव दिएका थिए । नेपाल भ्रमण २०२० लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर नेपाली समुदायबीच अझ व्यापक छलफल हुनुपर्ने उनको सुझाव थियो ।

जनवरी ७ का दिन भिजिट नेपालको उद्घाटनमा कार्यक्रममा नेपालको सांस्कृति झल्काउने पोशाक लगाउने, प्ले कार्ड र व्यानर बोकेर बस वा ट्रेन स्टेशनसम्म पुग्ने र कोणसभामा गर्ने योजना समेत रहेको जनाकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *