लन्डन । मिस वर्ल्ड २०१९ प्रतियोगिता सम्पन्न भएको छ । लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् ।
विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए ।
जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।
यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् भने सेकेन्ड रनरअपको उपाधि भारतले जितेको छ ।

नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेर उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् ।







