सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

सिन्धुपाल्चोक । कालिन्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदैं गरेको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । आइतबार बिहान बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस लामोसाघु जिरी सडक खण्डको ६ किलोमा दुर्घटनामा परेको हो । बस सडकबाट ५ सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेका र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *