धनुषामा बम विस्फोट : इन्स्पेक्टरसहित ३ को मृत्यु

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित २ जना बाबुछोरा गरी ३ को ज्यान गएको हो ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक ९इन्सपेक्टर०अमिरकुमार दाहालको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा ४५ बर्षीय राजेश्वर साह र उनका २५ बर्षीय छोरा आनन्द साहको मृत्यु भएको हो । सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएकोमा इन्सपेक्टर दाहाललाई पनि शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *