लण्डन । मेची नगर नगरपालिकाका मेयर बिमल आचार्य युके आइपुगेका छन् । गत बुधबार उनलाई हिथ्रो विमानस्थलमा गोर्खा मेमोरियल फन्ड युकेका अध्यक्ष तथा पूर्व काउन्सिलर धन गुरुङले स्वागत गरेका थिए ।
उनले शुक्रबार फोकसटोन नगरकी मेयर काउन्सिलर ज्याकी मिडसंग भेट गरी दुवै नगरबीच भगिनी सम्बन्ध कायम गर्नेबारे छलफल गरेका थिए । उनले फोक्सटोन तथा हाइथ डिस्ट्रिक्टकी अध्यक्ष काउन्सिलर एन बेरीसंग भेटवार्ता गरेका थिए। उनले आइतबार दशौँ गोर्खा स्मृति दिवस पनि भाग लिनेछन् । मेयर आचार्य शनिबार लन्डनस्थित नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी भएका थिए।






