निवर्तमान सभामुख महराको दशैं प्रहरीको खोरमा

काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आफ्नै निवासबाट पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ ।

आफ्नो निजी गाडिमा हिरासतमा जाने की प्रहरीको गाडिमा जाने भन्ने लामो छलफल पछि महरा निजी गाडिमै प्रहरी हिरासतमा गएका छन् ।  महरालाई प्रहरीले ६ बजेर १२ मिनेट जाँदा सरकारी निवासको गेट बाहिर नियन्त्रणमा लिएर निकालेको थियो ।

उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं विदापछि नियमती अदालती प्रक्रिया सुरु भएपछि मात्र अगाडि बढ्नेछ । अदालत २८ गते मात्र खुल्नेछ । २६ गतेसम्म दशैंको विदा छ भने पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते विदा दिइएको छ ।

महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कारको प्रयास गरेको उजुरी प्रहरीमा दर्ता गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *