शिब भण्डारी
लन्डन । नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि साउथ ईष्ट लन्डनको प्लमस्टिडमा तीज विशेष कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ । कार्यक्रम आयोजक पशुपतिनाथ मन्दिरले तीज विशेष कार्यक्रम गरेर आफ्नो सस्कार,संस्कृति लाई जगेर्ना गर्ने हेतुले नेपाली महिला हरुको महान पर्ब हरितालिका तीज भब्य रुपमा सम्पन्न गरेको हो ।

श्री पशुपतिनाथ मन्दिरको आयोजनामा प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा सम्पन्न कार्यक्रममा पण्डित निलहरि घिमिरेले पूजा पाठ गरेपछि कार्यक्रम औपचारिक सुरु भएको थियो । तीज विशेष कार्यक्रम मन्दिरका अध्यक्ष नरेन्द्र कंडेलको अध्यक्षमा सञ्चालित कार्यक्रममा उपाध्यक्ष डासु पाण्डेले सहभागीलाई स्वागत गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा ब्रतालु महिलाले सामुहिक पूजा गरेका थिए । करिब ७ सय दाजुभाइ तथा दिदीबहिनी सहभागी तीज विशेष कार्यक्रममा नेपाली दिदीबहिनीहरु नाचगानमा रमाएका थिए । हिन्दू नारीहरुको पर्व तीजको अवसरमादिदीबहिनी शुभकामना आदानप्रदानसहित दर खुवाउने विशेष कार्यक्रम पनि रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कडेल, उपाध्यक्ष दासु पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जीवन वाग्ले, कोषाध्यक्ष गोपालप्रसाद अर्यालसहित भोजराज कडेल, दिनेशकुमार खरेल, मुना खरेल, मञ्जु गौतम, माया केसी, सुनिता थापा, प्रकाश कडेल, रामकृष्ण अर्याल, कृष्ण खरेल, कृष्णप्रसाद भण्डारी, उदय लम्साल र माधवलाल श्रेष्ठलगायतको टोली बिहानैदेखि सक्रिय रुपमा खटिएको थियो ।
कार्यक्रममा सहभागी ब्रतालु महिलाहरुको लागि निशुल्क फलफूल तथा पानी, जुस सहितका पेय पदार्थको प्रबन्ध गरिएको थियो । हिन्दू महिलाहरुको महान पर्वको अवसरमा प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रमको पहिलो सत्र सचिव कल्पना त्रिपाठीले सञ्चालन गरेकी थिइन् । यसैगरी दोस्रो चरणको तीज कार्यक्रम सुनिता गौतमले सञ्चालन गरेका थिए ।कार्यक्रमको प्रतक्ष्य प्रसारण लन्डन नेपाल न्यूजले गरेको थियो ।






