बेथानचोकका कलाकारको तीज धमाका

पनौति । काभ्रे बेथानचोक गाउँपालिकाबाट कलाकारिताका क्षेत्रमा सक्रिय कलाकारले बेथानचोकमा तीज धमाका कार्यक्रम आयोजना गरे । हरितालिका तीजको अवसरमा मौलिक नेपाली परम्परा तथा संस्कारको संरक्षण गर्ने उद्देश्यले बेथानचोक पाटीखर्कमा आयोजित ‘बेथानचोक तीज धमाका’ बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाको प्रमुख आतिथ्यतामा भव्यताकासाथ सम्पन्न भएको हो ।

बेथानचोक पाटीखर्कस्थित कालिका मविमा सम्पन्न तिज विशेष कार्यक्रममा चर्चित कलाकारहरुले विविध मनोरन्जनात्क प्रस्तुति दिएका थिए । कलाकारहरुले हिन्दु महिलाहरुको पर्व तिजको रौनकलाई मध्यनजर गर्दै बेथानचोक तिज धमाका २०७६ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक हाँस्य कलाकार भगवान खत्रीले बताए ।

कार्यक्रममा चर्चित कलाकारहरु गायक मानसराज, कलाकार निर्देशक अमरकृष्ण चन्द, लोकदोहोरी गायिका सोनिया डिसी, नेपालकी सबै भन्दा होची कलाकार तथा गायिका कुमारी तामाङ, नेपाल कै कान्छा जादुगर तथा कमेडियन गणेश केसी, हाँस्य कलाकार भगवान खत्री, लोक दोहोरी गायक बिक्रम गौतम, मोडल निर्मला मोक्तान, कलाकार सुनिल जिम्बा, कलाकार बेली डान्सर छिरिङ लामा, मोडल पाल्देन लामा, गायक अशोक तामाङ, नबिना लामा, रोशनी रुम्बा लगायतका चर्चित कलाकारको साथमा स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुति रहेको थियो ।

तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा लोक दोहोरी गीत हाँस्य प्रस्तुति, आकर्षक नृत्यले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको आयोजक गणेश केसीले जानकारी दिए । कार्यक्रममा गाउपालिका अध्यक्ष तिमल्सिना, बेथानचोक गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष लालबहादुर श्रेष्ठ, वडा सदस्य लगायत हजारौं स्थानीयहरु कार्यक्रममा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *