काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको मौलिक धर्म, संस्कृति र परम्परा नष्ट गर्ने उद्देश्यबाट अभिप्रेरित रहेको बताएका छन् ।
उनले मंगलबार ट्वीटर गर्दै भनेका छन्, ‘विधेयक संविधानको भावनाविरुद्ध छ । विधेयक तत्काल फिर्ता गरियोस् ।’
उनले गुठी विधेयकको विरुद्ध हुने संघर्षमा राजनीतिभन्दा माथि उठेर एकजुट हुन सबैमा आह्वानसमेत गरेका छन् ।






