सिड्नी दुर्घटनाका चालक भट्टराई प्रहरी हिरासतमा

तक्दीर अधिकारी

सिड्नी । गत साता दुई नेपाली विद्यार्थीको ज्यान जाने गरी भएको दुर्घटनाका चालक सागर भट्टराईलाई प्रहरीले हिरासतमा लिएको छ । नेपाल फर्किने क्रममा उनलाई प्रहरीले हिजो शुक्रबार सिड्नी अन्तर्राष्ट्रिय एयरपोर्टबाटै गिरफ्तार गरेर हिरासतमा लिएको हो ।

पक्राउ गरी मास्कोट प्रहरी कार्यालयमा राखिएको छ । उनलाई शनिवार पारामाटा अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले अनुसन्धान जारी राखेकाले उनको जमानत अदालतले अस्वीकार गरेको बुझिएको छ ।

अनुसन्धान चलिरहेका बेला अस्ट्रेलिया छोड्न लागेको भन्दै उनलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीमाथि अनियन्त्रित ड्राइभिङ गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धान प्रभावित हुने भएकाले उनलाई अस्ट्रेलिया छोड्नबाट रोकेको शनिबारका स्थानीय अखवारहरुले खबर छापेका छन् ।

जुलाई २८ आइतबार बिहान कुमा नजिक मोनरो हाइवेमा भएको दुर्घटनामा २२ वर्षीय समीक्षा सुवेदी र २१ वर्षीय गोपाल भण्डारीको दुर्घटनामा ज्यान गएको थियो । उनीहरु विदामा स्नोइ माउन्टेनमा हिउँ खेल्न गएका थिए । पाँच जना चढेको उक्त कार नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको थियो । कार पल्टदा बन्यानको रोज भ्याली रोड नजिक पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *