आर्सनलका खेलाडी ओजिल र कोलासिनाचलाई लुटपाटको प्रयास

लन्डन । इंग्लिस प्रिमियर क्लब आर्सनलका दुई खेलाडी मेसुत ओजिल र सिड कोलासिनाचको कार लुट्ने लुटेराहरुको प्रयास विफल भएको छ । इंग्ल्यान्डको लण्डनस्थित एक सडकमा हतियारधारी समूहले यी खेलाडीको कार लुट्ने प्रयास गरेको थियो । मास्क लगाएका लुटेराले हातमा चक्कु लिएर लुट्ने प्रयास गरेका थिए ।

त्यतिबेला कोलासिनाचले कार चलाएका थिए भने ओजिल सँगै बसेका थिए । कोलासिनाच र लुटेराहरुबीच केही बेर मुठभेड भएको दृष्य सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । त्यसपछि लुटेराहरु त्यहाँबाट भागेका थिए भने कोलासिनाचले उनीहरुलाई लखेटेका थिए । लण्डन प्रहरीले घटनाको पुष्टि गर्दै लुटेराको खोजी भइरहेको जनाएको छ । आर्सनल फुटबल क्लबले लुटपाटको प्रयास गरिएका आफ्ना दुबै खेलाडी सकुशल रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *