लन्डन दूतावासमा एमआरपीको प्रत्यक्ष दर्ता प्रणाली सुरु

embassy enrolment

लण्डन । लन्डनस्थित नेपाली दूतावासले सोमबारदेखि मेसिन रिडेबल पासपार्ट एमआरपीको प्रत्यक्ष दर्ता प्रणाली सुरु गरेको छ ।

बेलायतका लागि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले अब राहदानका लागि धेरै समय कुर्नु नपर्ने र तत्काल एमआरपी आवश्यक पर्नेहरुले सहज ढंगबाट सेवा पाउने बताए ।

दूताबासका अनुसार नेपाल सरकारले नै पठाएको एकजना चिनिया आइटी वीज्ञले सोमबार एक सेट यस्तो मेसिन जडान गरेपछि दुई जनाले लाइभ इन्रोलमेन्टको सेवा लिए । प्रिन्टरसहित नेपालबाट ल्याइएका चार सेट इनरॊलमेन्ट मेसिनमध्ये दुईवटा दूतावास कार्यालयमा जडान गरिने र 
बांकी दुई वटा मोवाइल सेवा (आवश्यक पर्दा ठाउं ठाउं) मा प्रयोग गरिनेछ ।

यस प्रणाली लागू भएसंगै अब राहदानीका लागि हातले फाराम भर्नुपर्ने झन्झट सकिएको छ भने सबै काम ‘डिजिटलाइज्ड’ हुनेछ । अब राहदानी वाहकको औंठा छाप र हस्ताक्षर मेसिनबाटै लिइनेछ भने तस्विर कम्प्युटरबाटै राखिन्छ । व्यक्तिको सबै विवरण ‘बायोमेट्रिक’ मार्फत सिधै राहदानी विभाग पुग्ने कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।