तक्दीर अधिकारी
सिड्नी । बिएमएस फिल्मले इम्पायर तीज धमाका–२०१९ को भव्य तयारी गरेको छ । अगस्ट १० मा सिड्नीबाट सुरु हुने उक्त तीज धमाका कार्यक्रमका लागि आधा दर्जनभन्दा बढी कलाकार सहभागी हुँदैछन् । सिड्नीको पहिलो कार्यक्रम माराना अडिटोरियम हुर्सटेभिलीमा आयोजना हुँदैछ ।
इम्पायर इन्टरनेशनल एजुकेशन एन्ड भिसाा सर्भिसले प्रायोजन गरेको उक्त कार्यक्रममा चन्दा अर्याल, पवित्रा न्यौपाने, सुस्मिता बुढाथोकी, श्रेया राई, सन्दीप न्यौपाने र राजन गुरुङलगायतका कलाकारका साथमा डिजे नुत्केश रहने बिएमएस फिल्मका वीरेन्द्र मल्लले जानकारी दिए । प्रवेश शुल्क १० डलर राखिएको छ ।
इभेन्ट म्यानेजमेन्टमा लामो समयदेखि संलग्न रहँदै आएको बिएमएस फिल्मले सन् २०१३ मा मञ्जु पौडेललाई अस्ट्रेलियामा ल्याएर कार्यक्रम आयोजना गरेको थियो । त्यसपछि सन् २०१६ मा पशुपति शर्मा र मञ्जु पौडेल संलग्न कार्यक्रम बीएमएसले आयोजना गरेको थियो । सन् २०१७ मा चन्दा अर्याल र सिन्धु मल्ललाई अस्ट्रेलियामा आमन्त्रण गरेर कार्यक्रम आयोजना गरिएको थियो ।
यसपटक अस्ट्रेलियामा रहेका नेपाली समुदायमाँझ तीज धमाका कार्यक्रम पु-याइने आयोजक मल्लले जानकारी दिए । दोस्रो कार्यक्रम अगस्ट १८ मा ओरेञ्जमा हुनेछ । ओरेञ्जको सीडब्लुए हलमा कार्यक्रम आयोजना हुने मल्लले बताए । त्यस्तै राजधानी क्यानभेरामा २४ अगस्टमा कार्यक्रम सम्पन्न गरिसकेपछि कलाकारको टोली पुनः सिड्नीमा फर्किने छ । सिड्नीको इन्द्रेणी इम्पायर हलमा तीज धमका २५ अगस्टमा आयोजना हुनेछ । ३१ अगस्टमा ब्रिजवनमा कार्यक्रम आयोजना भएपछि तीज धमाका समापन हुने मल्लले जानकारी दिए ।






