कांग्रेसमा १४ औं महाधिवेशनबारे छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनबारे औंपचारिक छलफल सुरु गरेको छ । वर्षातका कारण स्थगित गरिएपछि आजबाट फेरि सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशनबारेमा औपचारिक छलफल सुरु भएको हो ।

बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने विषयमा औपचारिक छलफल सुरु गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उक्त प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । बैठकले यसअघि नै पार्टीको नियमावलीलाई सहमतिमा परिमार्जन गर्ने गरी पारित गरिसकेको छ ।

यता, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतबाट आयात हुने तरकारी तथा फलफूल विषाक्त परीक्षण गरेरमात्रै भित्र्याउनुपर्ने माग राख्दै झापामा प्रदर्शन गरेको छ ।

नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा विद्यार्थीहरुले बिहीबार दिउँसो पूर्वी नाका काँकडभिट्टामा विषाक्त परीक्षण गरेरमात्रै तरकारी तथा फलफूल आयात गरिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

विषादीयुक्त तरकारी तथा फलफूल जाँच गरेरमात्रै नेपाल भित्र्याइनुपर्ने नेविसंघको माग र सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले बेवास्ता गरेका कारण काँकडभिट्टा नाकामा गएर प्रदर्शन गरिएको नेविसंघ झापाका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *