काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै यस अवधिमा कोरोनाभाइरसका १४७४ संक्रमितहरु थपिएका छन् । १९३१ जना संक्रमित निको भएका छन् ।
हाल देशभर संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ जनाले कोरोना जितेका छन् ।






