क्यानडामा भानुजयन्ती सम्पन्न

अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा,अटवा र गैह्र आवासीय नेपाली सँघ क्यानडाको संयुक्त आयोजनामा क्यानडाको राजधानी अटवामा आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती तथा अन्तराष्ट्रिय नेपाली भाषा साहित्य दिवश एक साहित्यिक कार्यक्रमका साथसम्पन्न भयो ।

साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको भव्य उपस्थितिमा क्यानडाका लागि नेपाली राजदूतावासका तर्फबाट प्रथम सचिव प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भयो । भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण तथा अविरार्पण गरी कार्यक्रमको शुभारम्भ भएको थियो । अनेसास अटवाका सल्लाहकारहरु एनसिएओका प्रतिनिधी, एनआरएनए क्यानडाका प्रतिनिधी, अटवाका साहित्यकारहरुले आदिकवि भानुभक्तको तश्विरमा पुष्प तथा अविर अर्पण गर्नुभएको थियो ।

अनेसास क्यानडा अटवाका कोषाध्यक्ष नविन सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको कार्यक्रममाप्रताप बस्नेतले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमापुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । त्यस्तै गरी डा राजेन्द्र पराजुलीले नेपाली भाषाको मह्त्व र यसले संसार भरी छरीएर रहेका नेपालीहरुलाई कसरी एकतामा बाँधेको छ ।

नेपाली भाषालाई अझ कसरी शसक्त बनाउँन आवश्यक छ भन्ने विषयमा प्रकाश पार्नु भयो । कार्यक्रममा स्थानीय कविकवयत्रीहरु कमल कोईराला, कुशुम शर्मा, मानुष बस्नेत, परी पोख्रेल ,लिला खतिवडा ,अस्मिता खड्का, प्रकृती खरेल, योगेन्द्र भट्टराई ,राजेन्द्र केसी सुरेन उप्रेती, रीता सिलवाल आदिले भानुभक्त, नेपाली भाषा, मातृ भूमिनेपालको माया र समसामयिक परिस्थितिको बारेमा आ आफ्नाकविता बाचन गरेर सुनाउनु भएको थियो । बिना शर्माले भानुभक्तको योगदानमा कुनै संकागर्न सकिंदैन । ठूलो योगदान गर्नु भएको छ तर बधुशिक्षाले नारीहरुको सम्मानमा आँच पूर्याएको छ भन्ने भनाइ राख्नु भयो ।

नेपालमै नेपाली भाषाको महत्वमा ध्यान पुग्न नसकेको अवस्था छ । प्रवासमा रहेका नेपालीहरुलाई मात्रै बढी चिन्दा भएको देखिन्छ । यदी यसो हो भने के कारणले हो भन्ने विषयमा लामो छलफल भएको थियो । यस बिषयमा बाशु शर्मा कृष्णहरि गौतम इश्वर ढुँगेल कालीदास सुबेदी योगेन्द्र भट्टराई राजेन्द्र पराजुली राजेन्द्र केसी कमल कोईराला आदिले आआफ्नो धारणा राख्नु भएको थियो । भाषाभनेको कुनै पनि देसको प्राणहो । यसमा कला संस्कृति साहित्य जस्ता अनमोल कुराहरु लुकेका हुन्छन् । त्यसैले पनि भाषाको संरक्षण एक अपरिहार्य कुरा हो । भाषा लोप भयो भने हाम्रो पहिचानको लोप हुन्छ । अस्थित्वको लोप हुन्छ भन्दै छलफलमा आ आफ्ना भनाईहरु राख्नु भएको थियो । नेपालका सबै विधालयहरुमा सामाजिक शिक्षालाई नेपाली भाषामै पढाउने हो भने अवश्य पनि नेपाली भाषाको विकाश हुन सक्छ भन्दै तर्क राख्नु भयो ।

नेपाली राजदूतावासका प्रथम सचिवले आफ्नो मन्तव्य राख्दै यसरी प्रवासमा पनि साहित्यिक कार्यक्रमहरु राखेर नेपाली भाषा र साहित्यमा योगदान पुर्याउनु भएको मा आयोजकहरुलाई धन्यवाद दिनु भयो । नेपालीहरुको बसोवास पनि ठूलो हूँदै गएकोले पुस्तकालयहरु स्थापना गर्ने र आफ्ना वालवालिकाहरुलाई नेपाली भाषाका पुस्तकहरु पढ्न लगाउने । अरु भाषाका साहित्यकारहरु भन्दा नेपाली भाषाको साहित्य कम छैन । उच्चकोटीको छ भन्ने ज्ञान दिनु जरुरी छ । पुस्तकालय खोल्न र यस प्रकारका साहित्यिक कार्यक्रमहरुमा सहयोगका लागि नेपाली राजदूतावास सदैव तयार रहेको कुरा राख्नु भयो । गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले गत बर्ष देखि भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसका रुपमा विश्व भरी नै मनाउन थालेको कुरा सुरेन उप्रेतीले राख्नु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान सँगको सहकार्यमा प्रवासमा रहेका कथाकारहरुलाई समेटेर कथा संग्रह प्रकाशन हुन लागेको कुरा पनि बताउनु भयो । त्यस्तै सबै महादेशहरुबाट नेपाली साहित्यका पुस्तकहरुलाई त्यहाँको स्थानिय भाषामा अनुवाद गरी प्रकाशन गर्न लागिएको र नर्थअमेरिकाबाट अंग्रेजी भाषाको कथा संग्रम चाँडै आउने कुरा जानकारी दिनु भयो ।

समाजका उपाध्यक्ष तारा उप्रेतीको सभापतित्वमा भएको उक्त कार्यक्रलाई समापन गर्दै व्यस्त समयमा नेपाली भाषालाई माया गर्दै उपस्थित हुनु हुने सबैलाई धन्यवाद दिंनु भयो । अटवामा नेपाली भाषाका छवटा कक्षाहरु र एउटा नेपाली क्रेडिटकोर्ष हाईस्कुलको पनि पढाई हुँदै गरेको कुरा जानकारी गराउँदै सबै वालवालिकालाई पढ्न प्रेरित गर्न अनुरोध गर्नुभयो । सबै नेपाली भाषी र नेपाली भाषालाई माया गर्नु हुनेलाई घरघरमा नेपाली भाषा नै वोल्न पनि अनुरोध गर्नु भयो । अनेसास क्यानडाका महासचिव सन्तोष बरालकव उर्जापूर्ण सन्चालनले सबैलाई मन्त्र मुघ्ध बनाएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको व्यवस्था गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *