लण्डनमा पत्रकारको लागी च्यारिटी हुदै :

 

मार्च २५  २०१५ लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी  मे ३१ तारिख आइतवार लन्डनमा   च्यारिटी कार्यक्रम हुने भएको छ ।पत्रकार  महासंघ यूके शाखाका  अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्राकार कल्याणकारी कोष स्थापनार्थ  च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन ।

लण्डनको भेन्यू फाईभ पार्टी हलमा आयोजना गर्न लागिएको उक्त  कार्यक्रमको संयोजन एनआरएन  युके कार्यसमिती सदस्य तथा पत्रकार फडिन्द्र भट्टराईले गर्ने भएका छन ।

एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलका  अनुसार एनआरएन यूकेको यसअघि बसेको बैठकको निर्णयअनुसार कार्यक्रम तय गरिएको हो । कडेलले गैरआवासीय नेपाली संघले विभिन्न संघ-संस्थासाग सहकार्य गरेको स्मरण गर्दै सो च्यारिटी कार्यक्रमले  नेपाली  पत्रकारिता जगतलाई  टेवा पुगोस भन्ने हेतुले कार्यक्रम गर्न लागिएको बताए ।

एनआरएन यूकेको बैठकले कार्यसमिति सदस्य फडिन्द्र भट्टराईको संयोजकत्वमा  सल्लाहकार बाचस्पति रेग्मीसमेत रहेको तयारी समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघ यूके शाखाको सहकार्यमा सो समितिलाई बिस्तार गरिएको संयोजक भट्टराईले जानकारी दिए । बिस्तारित समितिमा एन आर एन बाट उपाध्यक्ष   कृष्ण तिमल्सिना र सचिव दाशु पाण्डे तथा पत्रकार महासंघ बाट नरेश खपांगी मगर, धर्मराज अधिकारीतथा देवी गौतम रहेका छन ।

समितिको सल्लाहकारमा गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु महन्त श्रेष्ठ, डमर घले, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, पूर्व महासचिव रामशरण सिम्खडा, पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेलर वरिष्ठ पत्रकार भगीरथ योगी छन ।

पत्राकार महासंघ यूके शाखाका अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघ यूकेको सहकार्यमा हुन लागेको सो च्यारिटी कार्यक्रमलाई सहयोग गर्न बेलायतबासी नेपालीलाई आग्रह गरेका छन । शाखाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लन्डनमा च्यारिटी कार्यक्रम गर्ने निर्णय यसअघि नै गरिसको थियो ।

गैरआवासीय नेपाली संघ यूके र शाखाको सक्रियतामा गरिएको च्यारिटी कार्यक्रमबाट करिब १६ लाख रुपैयाा जम्मा भएको थियो । सो रकमबाट एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।