साना, ११ चैत । यमनका सिते विद्रोही र सो समूहसँग आबद्ध समर्थकहरुले सानाको सैनिक हवाई शिविर अल अन्नत कब्जामा लिएको दावी गरेका छन् । यस शिविरलाई पहिला अल कायदा आतङ्ककारीसँग लड्नका लागि अमेरिकी सेना र युरोपेलीहरुले प्रयोग गर्दै आएका थिए । यमनका राष्ट्रपति आबेद रब्बो मन्सुर हादी समर्थन सेनालाई अर्को सहर एडेनमा मात्र सिमित गराइएकोसमेत दावी गरिएको छ । हाल कब्जा गरिएको सैनिक शिविरबाट एडेन ६० किलोमिटर मात्र टाढा रहेको छ ।
सानामा बस्दै आएका अमेरिकी तथा युरोपेली परामर्शदाताहरुले पनि केही दिन अघिमात्र शिविर छाडेका थिए । मुलुकभित्र शरणार्थीको रुपमा रहेको राष्ट्रपति हादी र उनका समर्थक सेनाहरुका पहुँज अव एउटा सहरमा मात्र सीमित रहेको छ ।
सिते विद्रोहीहरु हाउदी समूहका नामले परिचित छन् । हादीका सेना वा सरकारकातर्फबाट युद्ध जारी राखेमा यस्तो क्रियाकलापले नजिकैको खाडी राष्ट्रका अन्य देशहरुलाई पनि तानिने र अरबको यस गरिव राष्ट्र गृहयुद्धमा चुर्लुम्म डुब्ने चेतावनी पनि हाउदी समूहले दिएका छन् ।
यसअघि नै अपदस्थ हुन लाग्नु भएका राष्ट्रपति हादीले विदेशी सैनिक सहायताका लागि संयुक्त राष्ट्र संघसँग हारगुहार गर्नु भएको थियो । यमनको स्याटेलाइट समाचार प्रशारण च्यानल इल मसिराहले पनि बुधबार बिहान देखि हाउदी समूह र यससँग आवद्ध विद्रोही लडाकुहरुले मुलुकको सब भन्दा विशाल हवाई सैन्य शिविर आफ्नो पूर्ण नियन्त्रणमा लिएको पुष्टि गरेको थियो ।
हाउदी नियन्त्रणमा रहनु अघि यस शिविरमा अल कायदा लडाकु र हादी समर्थकहरुले लुटपाट मच्चाएका थिए । अल अन्नत हवाइ सैन्य शिविर हो । यहाँ विभिन्न युद्धकला र हवाई आक्रमण सम्बन्धी तालिम दिइने गरेको जनाइएको छ ।
केही महिना अगाडि फ्रान्सको राजधानी पेरिसमा अवस्थित फ्रान्सेली व्यङ्ग पत्रिका चार्लि हेब्दोका सम्पादक मण्डललगायत १२ पत्रकारको हत्या गर्ने समूहपनि यहिबाट प्रशिक्षित भएका थिए । यस शिविरलाई कहिले यमन सरकारले त काहिले आतङ्ककारी समूहले प्रयोग गर्दै आएका छन् । अमेरिकी र युरोपेली सेना तथा परामर्शदाताहरुले प्रयोग गरेका बखत अल–कायदा विद्रोही त्यहाँबाट भागेका थिए ।
अरवी प्रायद्वीपका अल कायदा आतङ्कारीलाई धपाउन अमेरिकीहरु उक्त स्थानका चालक रहित विमान – ड्रोन आक्रमणका लागि आधार शिविरसमेत बनाएको थियो । हाल अमेरिकी सेनालगायत कमाण्डोको विषेशबल सबै फिर्ता भइसकेका छन् ।
यमनको हवाई शिविर विद्रोहीको कब्जामा






