प्रकाश अर्याल,
स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रवि लामिछाने फाउन्डेसनमार्फत रास्कोट अस्पताललाई प्रदान गरिएको जानकारी दिए । सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो ।
रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ । अध्यक्ष कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताएका छन् ।






