शिब भण्डारी
लन्डन । बेक्स्ली नेपाली समाज युकेले हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक भेटघाट कार्यक्रम तथा बार्षिक अधिबेसन भब्यरुपमा सम्पन्न भएको छ ।
जुन महिनको ८ तारिक शनिबारका दिन बेलायतको ओएलिङ्ग स्थित फालकोनउड कम्य्निटी सेन्टरको सभाहलमा वार्षिक भेटघाट तथा अधिबेसन विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न भएको हो।

बेलायतमा २००८ मा स्थापना भएको यस सस्थाको यसपालीको भेटघाटमा ४०० भन्दा बढी दाजु भाइ दिदि बहिनि हरु सहभागी टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को देखिन्थ्यॊ ।
समाजका अध्यक्ष बिजय बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सम-उद्धघान प्रमुख अतिथी,अतिथि एबम समाजका संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, कार्यक्रम समंयोजक तथा उपाध्यक्ष श्रीप्रसाद गुरुङ, Local Councillor – Val Clark लगायतले संयुक्त रुपमा पानसमा बत्ति बालेर उत्घाटन गर्नु भएको थियो ।
समाजका सल्लाहकार चन्द्र बिर गुरुङले कार्यक्रममा हेल्थ एण्ड सेफ्टी ब्रिफ बारे बोल्नु भएको थियो भने कार्यक्रम समंयोजक तथा उपाध्यक्ष श्रीप्रसाद गुरुङको स्वागत मन्तब्य रहेको थियो ।
कार्यक्रममा पहिलो चरणको औपचारिक सत्रको सञ्चालन गर्दै संस्थाका महासचिव हरिश ज्ञवालीले समाजको तर्फबाट सहभागी सम्पूर्णलाई हार्दिकता ब्यक्त गर्नु भएको थियो भने अतिथि सत्कार एबम कार्यक्रमको संचालनमा समाजका सचिब केदार थपलीयाले साथ दिनु भएको थियो ।
कार्यक्रमको सुरुमै साधारणसभामा महासचिवले प्रस्तुत गर्नु भएको वार्षिक प्रगती प्रतिबेदनमा र कोषाध्य़क्षले प्रस्तुत गर्नु भएको वार्षिक आय ब्याय प्रतिबेदन उपर सकृय सहभागीता जनाही सर्ब सम्मत रुपमा पास गरको थियो भने बिधान संम्सोधन समितिले तयार पारेको नयाँ बिधान लाई भने आम्सिक सम्सोधन सहित परिमार्जन गर्ने र आवस्यक परेको खन्डमा कार्य समितिले परिमार्जन गर्नसक्ने गरि पास गरिएको थियो ।
मध्यान्न बाट सुरु भयको कार्यकर्ममा बेक्सली काउन्सिल का उपमेयर Cllr James Hunt को प्रमुख आथित्य रहेको थियो भने अन्य अतिथिहरुमा भने उपमायर Cllr James Hunt का श्रीमती Deputy Mayoress Christine का साथै लोकल councillor Val Clark , Deputy leader & Councillor of London Borough of Bexley -French Louie, Bexley Police Cadet’s Superintendent-Adrian Rabot , Metropolitan Police Bexley representative- PC Robinson,Cllr Christine Catterall. सस्थापक अध्यक्ष केश बहादुर गुरुङ ,उपाध्यक्षहरु श्रीप्रसाद गुरुङ , उमा गुरुङ, बिन्दु गुरुङ ,South Eastern Regional Tamudhee – chairman हिरा गुरुङ, Panchase Samaj UK & CM of Mahaluxmi Puinki Lama Pariwar and Advisor मन्च Shiba Ram Gurung (BEM), Rumjatar Samaj UK and Adviosr of BNC Chandrabir gurung , South Eastern Regional तमुधी Harry गुरुङ, South Eastern Regional तमुधी vice chairwoman and Advisor of BNC Parbati गुरुङ, Ex-GS & Advisor of BNC आन्नद धरेल, NRN Youth coordinator – Rajan Khakurel साथै Ex-General Secretary Sonpal Samaj UK Jagdish Gurung का साथै संस्थाको समितिका सद्स्य , सल्हाकार , आजिबन सदस्य लगायत तिनका परिवारजन सहितको उलेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा मनोरोञ्जन, भेटघाट तथा बेक्स्लीमा नयाँ बसाई सरेर आयकाहरु लाई स्वागतको साथै विभिन्न विधामा दक्षता हासिल गरेका समाजका सदस्यहरु तथा तिनीहरुका बाबुनानीहरु लाई प्रोत्साहन गर्ने हेतुले खादा ओडार सम्मान गरेको थियो । यस कार्यक्रम लाई समाजको बार्षिक अधिबेसन र बिसुद्द मनोरजनात्मक गरि दुई चरणमा बिभाजन गरियको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रममा नेपलका रास्टि्य कलाकार त्रय प्रीती आले, कुलेन्द्र बिक र कृष्ण काफ्ले को जोडदार प्रस्तुती रहेको कार्यक्रममा BNC School of Language and Culture को प्रमुख बिजीता गौतमको समायोजनमा छत्र छात्राहरुको उल्लेखनीय सहभागीतामा नेपाल तथा बेलायतको रास्ट्रिय गान, गीत , संगीतको साथै बेजोड नित्य प्रस्तुत गरेका थियो ।
कार्यक्रमको बिचमा समाजको नब आजीवन सदस्यधारीहरुलाई समाजका सदस्य तथा Membership Drive Committee का समयोजक दिपेन सिटैलाले प्रमुख अतिथीको रहोवरमा प्रमाण पत्रको साथमा खादा लगाई छिमेकीहुन आउनुहुने सबैलाई स्वागत गरेका थिए
भने लगतै होम ज्ञवाली को सम्योजनमा बिभिन्न बिधामा सफलता पाउने साजका सदस्य तथा तिनका नानीबाबुहरु लाई खादा ओढायर सम्मान तथा हौसला प्रदान गरियको थियो भने सांस्कृतिक कार्यक्रमका सम्योजन समाजका सल्लाहाकार शिबराम गुरुडले गरेको कार्यक्रममा ,सामजका सदस्य तथा अध्यक्ष बिजय बहादुर गुरुङकि श्रीमती पुर्व Bexley Nepali Community का Director माया गुरुङ ले कबीता वाचन गरेका थिए भने सदस्यहरु सुस्माढुडंगाना लगायत नानीहरु, हेबिना , कृतीका, संस्कृति र ईस्तुती लगायतको नित्यले कार्यक्रममा थप रोनकता थपेको थियो
बेक्स्ली नेपाली समाजको वार्षिक भेला [भिडियो सहित]
भने कार्यक्रममा टिकट ब्यबस्थामनमा रहेकागा दिपेन सिटौला, कमल गुरुड अनी बार सम्हालेका हिमाल गुरुड, आन्नद धरेल , पड्कज पौडेल अनि थप रौनकता थप्न सफल चिट्ठा सम्योजन गर्नुहुने बिजीता गौतम , प्रबिर्ती अधिकारी लगायतका भुमीले कार्यक्रमलाई अनुसासित , मर्यादित , सहजतामय र आकर्षक बनायको थियो अनि अन्तमा सामूहिक नित्य , समाजका अग्रज र कलाकार बिचको दोहोरो सदैब सम्झन लायक़ रहनुका साथै कार्यक्रम सफल बनाउन सहजकर्ता सबैलाई समाजको तर्फबाट समाजका अध्यक्ष बिजय बहादुर गुरुङले धन्यबाद ज्ञापन सहित कार्यक्रमको बिट मारेका थिए । 














