आइएमई लण्डनका पौडेल व्यवसायबाट एनआरएन राजनीतिमा

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी कार्यकालका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । आगामी सेप्टेम्बरमा हुने एनआरएनए युकेको नवौँ अधिवेशनका  लागि व्यवसायी कमल पौडेलले उपाध्यक्ष पदमा आफ्नो  उम्मेदवारी दिने भएका छन्।

संस्थामा इमान्दारीपूर्वक काम गर्ने मेरो संकल्प तथा साथीभाई अनि अग्रजहरुको सल्लाह बमोजिम उम्मेदवारी दिने सोच बनाएको उनले बताए । ‘अहिले परिस्थिति अनुकूल भएको र साथीभाइहरुले पनि कार्यसमितिमा बस्न अनुरोध गरेकाले उम्मेदवारी दिने सोच बनाएको हुँ,’ पौडेलले भने ।

पौडेलले उपाध्यक्षमा निर्वाचित भएमा एनआरएनको सदस्यतालाई व्यवस्थित पार्ने, एनआरएनलाई सबै नेपालीको सहभागिता र अपनत्व कायम गराउन कोशिस गर्ने र एनआरएनको सम्पत्तिमाथिको अधिकारलाई स्थापित गराउन पहल गर्ने बताए । उनले आफूले कुनै समूहमा उम्मेदवारी नदिएको पनि दाबी गरेका छन् ।

को हुन् पौडेल ?

पौडेल अहिले लण्डनबाट आइएमई मनी ट्रान्सफर सञ्चालन गर्ने गर्छन् । उनको बेलायत र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् ।

यसैगरी, नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा लगानी छ ।  पौडेल एनआरएनए युकेको दुई कार्यकालदेखि सल्लाहकार छन् ।

नेपालको बाग्लुङमा जन्मिएका पौडेल विदेशमा रहेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघ युकेको कार्यसमिति मा रहेर आफुले काम गर्ने इछ्या रहेको बताए । उपाध्यक्ष पदका उम्मेदवार पौडेलले एनआरएन यूकेको सदस्यताका लागि सबैलाई अपील समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *