लन्डन । गैरआवासीय नेपाली संघ जापानको वार्षिक साधारणसभाको मिति सारिएको छ । साधारणसभा यसअघि अक्टुवर ६ तारिकमा ओकिनावा क्षेत्रमा आयोजना गर्ने निर्णय भएपनि नेपालमा हुन लागेको एनआरएनको विज्ञ सम्मेलन तथा नेपालीको महत्वपूर्ण चार्ड दसैलगायतलाई मध्यनजर गर्दै मिति सारिएको हो । अब आगामी जनवरी ५ तारिखका दिन साधारणसभा गर्ने निर्णय भएको एनआरएनए जापानका अध्यक्ष टासि वाँ लामाले जानकारी गराए ।
एनआरएन जापानको साधारणसभा सर्यो






