नेपाली जनप्रगतिशील मञ्च यूकेले बोलायो राष्ट्रिय सम्मेलन, प्रचण्डसहित को को हुँदैछन् सहभागि ?

लण्डन । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युकेको राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको छ ।

सम्मेलन आयोजक समितिका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बुधबार बसेको बैठकले चौथो सम्मेलन भर्चुअल रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय गरेको हो ।

कोरोना नयाँ भेरिन्टको बढ्दो संक्रमणलाई मध्यनजर सम्मेलन भर्चुअल माध्यमबाट गर्न लागिएको अध्यक्ष गौतमले बताए ।

सो अवसरमा अध्यक्ष ‘प्रचण्ड’सहित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, सचिब टिबी पाठक, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्रीले अनलाइनबाटै सम्बोधन गर्ने भएका छन् ।

बैठकले सम्मेलन सफल बनाउनका लागि कार्य समितिका कुनै सदस्यलाई आवश्यक जिम्मेवारी तोक्नसक्ने अधिकार मोर्चाका अध्यक्षलाई प्रदान गरेअनुरूप प्रचार प्रसारका लागि रास्ट्रिय कमिटी सदस्य तथा युवा विभाग प्रमुख नविन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति र संघ संस्थाहरूसँग समन्वय गरी पत्रकारहरू र संघ संस्था प्रमुखहरूलाई भर्चुअल माध्यमबाटै सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न रास्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरिएको छ।

लामो समयदेखि मन्चको सम्मेलन हुन विविध कारणले नसकिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।