लन्डन । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन् । मन्त्री भट्टराई नोभेम्बेर ४ देखि ७ सम्म लण्डनको एक्सेल एक्जिबिशन सेन्टरमा हुने वल्र्ड ट्राभल मार्टमा सहभागी हुन वेलायत आउन लागेका हुन् ।एक साता लामो बेलायत भ्रमणका क्रममा भट्टराई नेपाली दूतावास लण्डनले आगामी मंगलबार दूतावासमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने छन्।
त्यसैगरी मन्त्री भट्टराईले गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले आगामी आइतवार अल्डरशटस्थित एम्पायर हलमा आयोजनामा गरेको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्ने तथा वेलायतस्थित नेपाली समुदायसंग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको एनआरएन युकेका महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन्।







