बेलायतका नयाँ प्रधानमन्त्रीको क्रुर कदम : मे क्याबिनेटसँग बदला, आधाभन्दा बढी मन्त्रीहरु हटाउँदै

द गार्जियन- बोरिस जानसोनले थेरेसा मेको कार्यकालका आधाभन्दा बढी मन्त्री हटाएर आफ्नो मन्त्रिमण्डल बनाउने संकेत गरेका छन् ।
युरोपेली संघबाट बाहिरिने विषयसँग जुध्ने प्रतिबद्धता गरेका उनले स्वतन्त्र व्यापारका दक्षिणपन्थी पक्षधर र ब्रक्जिटका समर्थकसहितको मन्त्रिमण्डल बनाउन लागेको अनुमान गरिएको छ ।

नयाँ प्रधानमन्त्रीले लगातार आफू एक देशको पक्षधर कन्जरभेटिभ भएको आफ्ना धारणा दिइरहेका छन् । उनले सन् २०११ मा मृत्युदण्डको वकालत गर्ने प्रिती पटेललाई गृहसचिव तथा थ्याचरका समर्थक सजिद जाभिदलाई राज्यकोषको जिम्मेवारी सुम्पेका छन् ।

त्यस्तै, आफूलाई महिलावादी भन्न नरुचाउने डोमिनिक राबलाई नयाँ विदेश सचिव बनेका छन् ।

मेलाई अपदस्त गरिनुपर्छ भन्ने आवाज उठाउने प्रो–ब्रेक्जिट युरोपियन रिसर्च ग्रुपका अध्यक्ष ज्याकोब रि मोग हाउस अफ कमन्सका नयाँ नेता बनेका छन् ।

जोनसोनका प्रतिस्पर्धी नेता जेरेमी हन्टका समर्थकहरु सबैभन्दा बढी पीडित भएका छन् । जेरेमी हन्ट आफैलाई पनि विदेश सचिवबाट रक्षा सचिवमा घटुवा गर्ने भएपछि त्यसलाई अस्वीकार गर्दै कुनै पद नलिने भएका छन् ।

डाउनिङ स्ट्रिट टिमको वरिष्ठ सल्लाहकारमा भोट लिभ क्याम्पियनका विवादस्पद निर्देशक डोमिनिक कुम्मिङको नाम घोषणा गरेपछि नै जोनसनका सहकर्मीहरु सशंकित बनेका थिए । कुम्मिङ अनुभवी अभियन्ता हुन् । उनको आगमनले केही महिनामा नै आम निर्वाचन हुनसक्ने संसद्माझ आशंका बढेको छ ।

ब्याकिङहम प्यालेसमा महारानीले उनको नियुक्त पक्का गरिदिएपछि जोनसनले संदेह गर्नेहरुलाई जवाफ दिने प्रतिबद्धता जनाएका थिए ।

उनले इयु२७ सँग नयाँ सम्झौतासँग गरेर हेलोविनको डेडलाइन अगाडि नै युरोपेली संघबाट बाहिरिने दोहोर्याएका थिए ।

उनले भनेका छन्– अगामी अक्टोबर महिनाको अन्तिमसम्म युरोपेली संघबाट बिहिर आउने हामीले संसद्ससँग बारम्बार गरेका प्रतिवद्धता पूरा गर्नेछौं ।

‘९९ दिनको समयमा त्यो काम गर्न सक्छांै भन्ने मलाई विश्वास छ । तर, हामीले ९९ दिन पर्खनु हुँदैन किनकी बेलायती जनताले धेरै पर्खी सके । अब काम गर्ने बेला आएको छ, निर्णय गर्ने बेला आएको छ, देशलाई अझै राम्रो बनाउन नेतृत्व दिनुपर्छ,’ उनले भनेका छन् ।

जोनसनले एक देशको पद्धती अपनाउने नीति बनाएका छन् । उनले २० हजार प्रहरी अधिकृत नियुक्त गर्ने र जनताले पाउने सेवाको ढिलाईमा सुधार ल्याउने र अस्पताललाई सुधारलगातका प्रतिवद्धता पनि जाहेर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *