‘भवन भट्ट अब चुनाव लड्दैन’

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट नयाँ कार्यकालका लागि निर्वाचन नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा १७ मिनेट लामो भिडियो सन्देश जारी गरेर उनले चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा आफ्नो अनुहार देखाएका छैनन्, बरु निर्वाचन ताका बनाइएको पोस्टर प्रयोग गरेर भट्टले सन्देश प्रवाह गरेका छन् ।

आफ्नो कार्यकालको समीक्षा गर्दै उनले वक्तव्यको भनेका छन्– ‘धेरैको जिज्ञासा होला, तर अब भवन भट्ट अब चुनाव लड्दैन ।’ उनको कार्यकाल आउँदो अक्टुबरमा सकिँदैछ ।

‘नयाँ युगको सुरुवात, सबैको हात एकै साथ’ बाट सुरु भएको उनको वक्तव्यमा राष्ट्रिय गीत, एनआरएनको प्रशंसा, एनआरएनलाई सहयोग गर्ने शुभेच्छुक, सञ्चारकर्मीलगायतलाई उनले धन्यवाद दिएका छन् । पद ओगटेर बस्ने हुँदैन, यस्तो संस्कार चिर्न जरुरी छ, अध्यक्ष पदमात्रै संस्थामा टप पोजिसन होइन भन्ने तर्क अध्यक्ष भट्टले उल्लेख गरेका छन् ।

‘भवन यस गरिमामय संस्थाको निमित्त मात्र भएको उल्लेख गर्दै यहाँका धेरै भवनहरुले अवसर पाउनुपर्छ । पद, परिवार, नातावाद, लोप, मोह र भोगबाट हामी माथि उठ्न सिक्नुपर्छ ।’ भट्टले भने, ‘साथीहरु मैले त्यो अन्त्य गरेको छु ।’ धेरै साथीहरुले निरन्तरता दिन जोड गर्दागर्दै र मैले दुई वर्ष अपर्याप्त समयको अनुभव गर्दागर्दै पनि मैले यो एउटा उदाहरण छोड्नै पर्ने आवश्यकता ठाने ।’

नयाँ कार्यकालमा पदको आकांक्षी नभए पनि एनआरएनमा सक्रिय जीवन बिताइराख्ने उनले वक्तव्यको अन्त्यमा उल्लेख गरेका छन् । वक्तव्यमा भनेका छन्, ‘तर लिक्वान युले सिंगापुरका लागि आवश्यक परे म कफनबाट उठेर आइ सिंगापुर पुनः चलाउँछु भनेझै कुनै दिन मेरो एनआरएनलाई कसैले नराम्रो गर्न खोजे म ब्याकसिटबाट ड्राइभिङ सिटमा आएर यो गाडी हाँक्ने सामथ्र्य र हिम्मत राख्छु ।’

मेरो सद्भाव आशा र भरोसा नयाँ नेतृत्वका आकांक्षीलाई यो गरिमामय संस्थामा सबैले नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्दै वक्तव्यको बिट मारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *