लन्डन । नेपाली नारीहरुको पर्ब हरितालिका तीज नेपाली दूतावास लण्डनमा सम्पन्न भएको छ । गत शनिबार लन्डनस्थित नेपाली दूतावास पनि तीजमय भयो । डेढ सयभन्दा बढी महिलाहरुले झण्डै ६ घण्टा नाचगानमा रमाए ।
नेपाली दूतावास लन्डनले हरेक वर्ष तीजको अवसर पारेर बेलायतस्थित नेपाली समुदायका महिला दिदि बहिनिहरुलाई निमन्त्रणा गरि तीजको दर खुवाउने चलन छ ।
बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीकी धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको सक्रियतामा शनिवार लन्डन दुताबासमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत महिला दिदिबहिनिहरुका साथै सदावहार लोकप्रिय गायिका मीरा राणा,डा. रीता थापा लगायत नेपालबाट आएका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।
सोहि कार्यक्रममा नरेन्द्र बस्नेतको लय शब्दमा लोक तथा दोहोरी गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वरमा रहेको तीजको गीत” चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीत तथा यसको म्यूजिक भीडीयोको राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, गायिका मीरा राणा र डा. रीता थापाले सो म्यूजिक भीडीयोको संयुक्त रुपमा विमोचन गरेका थिए ।
तीजको गीत” चिटिक्कै मलाई सुहायो” भीडीयो–






