लन्डनको श्रीराम मन्दिरमा आइतबार विशेष पूजा हुँदै

hindu pooja
लन्डन– लन्डनको साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विश्व हिन्दु महासंघ युकेको आयोजनामा पुजाआजा सहित भव्य कार्यक्रम हुने भएको छ ।

सेप्टेम्बर ४ तारिख, आइतबारका दिन दिउँसो एक बजेदेखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पुजा तथा विशेष मन्त्र पाठको व्यवस्था पनि मिलाएको छ। पुजाआजा सम्पन्न भइसकेपछि तीजको नाचगान र रमाइलोका लागि तीजका रमाइला गीतहरुसहित डिजेको पनि व्यवस्था गरिएको छ।

‘हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पुजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,’ विश्व हिन्दु महासंघ युकेका अध्यक्ष चिरन्जीवी ढकालले भने, ‘नेपाल बाहिर बसेर पनि आफ्नो संस्कृति र परम्परा अक्षुण्ण राख्‍ने यस अभियानमा सघाउन पनि सबैमा हाम्रो हार्दिक अनुरोध छ ।’