लण्डनको रन–वेमा अनिता ‘शोस्टपर’ (फोटो फिचर)

लण्डन।

लण्डनमा आयोजित एक फेसन फेस्टिवलमा मोडल अनिता लिम्बू शोस्टपरमा रुपमा देखिइन् । प्रायः चर्चित सेलिब्रेटी तथा मोडलहरुलाई डिजाइनरहरुले शोस्टपरका रुपमा प्रस्तुत गर्दछन् ।


लण्डनमा बसेर मोडलिङलाई ‘प्यासन’का रुपमा अँगाल्दै आएकी अनिताले यही गएको १६ देखि १८ नोभेम्बरसम्म लण्डनस्थित होस्टनमा आयोजित ‘फ्लेम इन्टरनेशनल आर्ट एण्ड फेसन फेस्टिवल–२०१८’मा विभिन्न चर्चित डिजाइनरहरुको क्रियशनमा स्टेजमा प्रस्तुत भएकी थिइन् । जसमा उनी डिजाइनर अक्सना कलिनिनाको क्रियशन ‘ब्राइडल वेयर’मा शोस्टपर थिइन् ।

विभिन्न फेसन शो तथा इभेन्टहरुमा -याम्प नाम्दै आएकी अनिता लण्डनमा मोडलिङका लागि चर्चित छिन् । ‘अक्सफोर्ड फेसन विक’जस्ता विभिन्न विश्व चर्चित फेसन शोहरुमा आफ्नो मोडलिङ कला प्रस्तुत गरिसकेकी अनिताले यस पटकको शोमा कलिनिनालगायत अन्य चार जना ब्रिटिस फेसन डिजाइनरका परिहनमा रन–वेमा प्रस्तुत भइन् । यो उनका लागि सुनौलो अवसर पनि हो । जसले अनितालाई लण्डनमा थप चर्चामा पु-याएको छ ।
लण्डन जस्तो फेसनेवल सहरमा आफूलाई छोटो समयमै मोडलिङ स्थापित गर्न सफल अनिताले यहाँसम्म आउँदा दर्जनौँ फेसन शोहरु गरिसकेकी छन् । सन् २०१६ देखि उनी फेसन र मोडलिङमा सक्रिय छिन् । यसरी छोटो अवधिमै आफूलाई स्थापित गर्नुको कारण आफ्नो मिहिनेत र लगनशिलता भएकको उनी बताउँछिन् ।

करिब ८ वर्षदेखि लण्डनमा बस्दै आएकी अनिताले भनिन, ‘२०१६ यता मोडलिङ गर्दै आएकी छु । त्यसयता विभिन्न शो तथा म्युजिक भिडियोहरुमा मोडलिङको अवसर पाउँदै आएकी छु ।’ अन्तर्राष्ट्रियस्तरका शोले पनि उनलाई ‘प्लस पवाइन्ट’ गरेको छ । जसले गर्दा अहिले अनिताले आफूलाई अन्तर्राष्ट्रियस्तरको मोडलका रुपमा उभ्याएकी छन् । तस्बिर : पल विस्टिन/दृष्टि न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *