सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख घुससहित पक्राउ

काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौला सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निरौलालाई ८० हजार घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएको बताइएको छ ।

कार्यालय खुल्नासाथ घुससहित रंगेहात पक्राउ परेका निरौला लाई हिरासतमा राखेर थप अनुसन्धान गरिने प्रवक्ता दंगालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *