दुई छिमेकीबाट चाँडै नै उच्चस्तरीय भ्रमण हुँदैछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडै नै नेपालमा दुई छिमेकीबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित भ्रमण रोकिएको भन्ने समाचार प्रकाशमा आएकै बेला प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमणवारे आफ्नो धारणा राखेका हुन् ।

शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको वैठकमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो भारत भ्रमणको प्रसंगसँगै यस विषयमा कुरा राखेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको तयारी हुने भएको छ ।

प्रचण्डले आफु चाँडै नै भारत भ्रमणमा जान थालेको र भ्रमणले दुई देशविच चिसिएको सम्बन्धलाई न्यानोपन दिने बताए ।

माओवादीले प्रमुख सचेतकमा टेकबहादुर बस्नेतलाई जिम्मा दिएको छ । त्यसबाहेक संसदीय बोर्डको सचिव रामनारायण विडारी आएका छन् । संसदीय विशेष सुनुवाइको जिम्मा अग्नि सापकोटाले पाएका छन् । लेखा समितिमा हरिवोल गजुरेल, अर्थ समितिमा शक्ति बस्नेत, राज्य व्वावस्थामा रेखा शर्मा, विकास समितिमा टोपबहादुर रायमाझी र महिला तथा बालबालिकमा गिरिराजमणि पोखरेल सदस्य बनाउने भएको छ ।