भरतपुर– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ । १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएकी छिन् । रेणु एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा २२१ मतले पछि परेकी छिन् ।
१९ वडाको मतगणना सकिँदा देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् ।






