सप्तरी, २२ साउन । सप्तरीका बाढीपीडितलाई आज डा गोविन्द केसीले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ ।
जिल्लाको तिलाठी गाविसका बाढीपीडितलाई स्थानीय राप्रावि विद्यालयको प्राङ्गणमा उहाँले निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो ।
सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँका १०० भन्दा बढी बाढीपीडितलाई हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गर्नुभएको बताइएको छ ।
डा केसी आफैं विभिन्न औषधि, फलफूललगायतका सामग्री बोकेर सो ठाउँमा जानुभएको थियो ।
सरकारले स्वास्थ्य क्षेत्रमा दिइरहेको सेवा ग्रामीण भेगका जनतामा पुग्न नसकेको गुनासो गर्दै डा केसीले बाढी प्रभावित क्षेत्रमा आफूले मानवताका आधारमा सेवा गर्न आएको बताउनुभयो ।






