बलात्कारको सत्य घटना जोडिएको भनिएको हवल्दार सुन्तली’ सेन्सर पास भएको छ ।

छविराज प्रोडक्सन प्रा.लिको ब्यानरमा तयार चलचित्र ‘हवल्दार सुन्तली’ सेन्सर पास भएको छ । आइतबार बिहान फिल्म हेरेपछि निर्माता ओझाको फिल्मलाई सेन्सर वोर्डले सबै वर्गका दर्शकले हेर्न पाउने गरी यूनिभर्सल प्रमाण पत्र थमाएको हो ।  निर्माता छविराज ओझाका अनुसार चलचित्रमा समावेश कुनै पनि दृश्यमा सेन्सर लगाईएको छैन् ।chhabi baa wid sencer hawaldar suntaliबलात्कारको सत्य घटना जोडिएको भनिएको यो फिल्म आउँदो चैत्र २७ मा रिलिज हुँदैछ ।  ऋषि लामिछाने निर्देशति फिल्म ‘हवल्दार सुन्तली’ मा नायिका शिल्पा पोखरेल शिर्ष भूमिकामा छिन् । शिल्पालाई नायकद्धय किशोर खतिवडा र सविन श्रेष्ठले साथ दिएका छन् । त्यसो त रिलिज अघी नै यो चलचित्रको सांगीतिक पक्षले बजार तताईसकेको छ