रेखा थापा नेपाली चलचित्र उद्योगमा धेरै परिचय बोकेकी नायिकामा पर्छिन् । आफ्नै लगानीमा चलचित्र निर्माण गरेर निर्मात्री बनेकी रेखाले ‘हिम्मतवाली’ चलचित्रमा निर्देशकको पनि काम गरिन् । अब भने उनका नायिका, निर्मात्री तथा निर्देशक सहितका यी तीन परिचयमा अर्को परिचय पनि थपिएको छ । निर्माण घोषणा गरिएको आफ्नै चलचित्र ‘रामप्यारी’मा उनले संगीत भर्न लागेकी हुन् ।
नेपाली चलचित्रमा चार परिचय बोक्ने रेखा पहिलो अभिनेत्री हुन् । आफ्नै कथामा निर्माण हुन लागेको यो चलचित्रको छायाँकन बैसाखबाट सुरु हुनेछ । त्यो भन्दा अघी नै चलचित्रको गीतहरु रेकर्ड हुनेछन ।
रेखाले भनेकी छिन्, ट्युन फुर्यो अब ‘रामप्यारी’मा संगीत पनि आफै दिन्छु ।’ यो चलचित्रमा समावेश हुने किरण पोखरेलको शब्द रचना रहने गीतमा उनको संगीत रहनेछ । ‘रामप्यारी’लाई सबिर श्रेष्ठले निर्देशन गर्दैछन् ।






