चलचित्र ‘बम्बे भेलबेट’को ट्रेलर आउट भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता रणविर कपुर र अभिनेत्री अनुष्का शर्माबीचका केहि हट दृश्यहरु समावेश छन् । जहाँ पटक-पटक रणविरले अनुष्कालाई लिप किस दिएका छन् ।
बिहिवार वचलिरहेको भारत र बंगलादेशबीचको विश्वकप क्रिकेटको अवसर पारेर यो चलचित्रको ट्रेलर आउट गरिएको हो । यो चलचित्रमा रणविर र अनुष्कासँगै करण जोहर लिड रोलमा छन् । चलचित्रमा अनुराग कश्यपको निर्देशन छ । यो चलचित्र आउँदो मे १५ मा रिलिज हुँदैछ ।






