भ्रष्टाचारका नाइके प्रचण्ड : विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भ्रष्टाचारीको नाइकेको आरोप लगाएका छन् । सोमबार भक्तपुरमा आयोजित साक्षात्कारमा बिजुक्छेले ‘भ्रष्टाचारका मुख्य अखडा शीतल निवास, बालुवाटार र सिंहदरबार हुन्’–भने ।

वर्तमान सरकार नाममामात्रको कम्युनिस्टहरुको हो भन्दै उनले सरकारले धनीको हितमामात्रै काम गरिरहेको आरोप पनि लगाए । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक गलत रहेको भन्दै उनले यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *