लण्डन । नेपाली स्कटिस सोसाइटीले स्कटल्याण्ड, ग्लासगोमा आयोजना गरेको बुद्ध जन्यन्ति साईकल इभेन्ट भव्य रूपमा सम्पन्न गरेको छ। बुद्ध पूर्णिमा को अवसर पारेर गरिएको उक्त कार्यक्रम ग्लासगो को west end बाट शुरू भइ Clydebank, Dumbarton हुँदै eriskrine bridge मा पुगेर सम्पन्न भएको थियो।

उक्त साईकल इभेन्टमा बुद्धको उपदेश , बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश हरु पोस्टर ब्यानर मा राखेर साईकल यात्रा गरिएको थियो। साईकल यात्राको दौरान मा Clydebank भएको छोटो अन्तरर्क्रियात्मक कार्यक्रममा आयोजक संस्थाका सदस्यहरू नवीन पञ्चकोटी, उज्वल कार्कीले बुद्धको सन्देश एबम् बुद्धको जन्म भूमि लुम्बिनीलाई विश्व सामु चिनाउन प्रवासी नेपालीको भुमिका बारे चर्चा गर्नु भएको थियो।
उक्त अवसरमा बालबालिकाहरू एशोर्य, अनुरत्ती, किन्जल , काया र सजलले बुद्धको उपदेशहरू सुनाएका थिए। बुद्ध जयन्ती लाई प्रचार प्रसार गर्ने उद्देश्य ले साईकल यात्रा गरिएको उक्त कार्यक्रममा स्कटल्याण्ड का स्थानीय व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन नयन पञ्चाकोटी ले गर्नु भएको थियो र कार्यक्रम सञ्चालन र समापन कृष्ण दाहालले गर्नु भएको थियो।






