‘देउवाले कम्युनिष्ट सरकार आउँदा रुन पाइन्न भनेको हो रहेछ !’

काठमाडौं– नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले कम्युनिष्ट आउँदा रुन पनि पाइन्न भनेको पुष्टि हुँदै गएको दाबी गरेका छन् ।
काँग्रेसको बुधबारदेखि सुरु भएको राष्ट्रिय जागरणसभालाई काठमाडौंमा सम्बोधन गर्दै सिंहले प्रधानमन्त्रीले विपक्षीलाई होच्याउनु भनेको जनतामाथिको अपमान भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले विपक्षीलाई होच्यायो । विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि हो । प्रधानमन्त्रीले जनतालाई अपमान गर्न पाउछन् ?’
उनले कम्युनिस्टको नाम र सिद्धान्तको नै टुंगो नभएको भन्दै सिंहले उनीहरुले नेपाली जनतालाई स्थायी नाम समेत दिन नसकेको थिए ।

कांग्रेसले गरेका कामलाई समेत ओली सरकारले आफैंले गरेको भन्दै प्रचार गरिरहेको गुनासो गरे ।

उनले पार्टीलाई संस्थागत रुपमा चलाइए कम्युनिस्ट सरकारसँग मुकाविल गर्न सकिने भन्दै स्थानीय निर्वाचन भन्दा पहिले पार्टीको सबै तहको महाधिवेशन गराएर सशक्त बनाउन देउवालाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *